बाराको सेजमा भारतीय नागरिकको नजर, ओमकार गिट्सपछि उद्योग क्षेत्रमा नयाँ चर्चा

बाराको सेजमा भारतीय नागरिकको नजर, ओमकार गिट्सपछि उद्योग क्षेत्रमा नयाँ चर्चा
स्पर्श खबर जितपुर बारा भदौ २९ गते:

जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा भारतीय नागरिकको नजर परेको छ। नेपाली बजारमा गुणस्तरीय उत्पादन भित्र्याउने उद्देश्यसहित उद्योग सञ्चालनमा आएपछि सेजमा उद्योग क्षेत्रको चर्चा चुलिएको हो।


सेजमा ओमकार गिट्स प्रालि सञ्चालनमा आएको छ। उद्योगको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारीले रिबन काटेर गरेका हुन्।
उद्योगका सञ्चालक दिनेश सुवेदीले यस क्षेत्रमा राम्रो क्वालिटीको उत्पादन गरी देशभर बिक्री वितरण गर्ने बताए।
उद्योगका अर्का सञ्चालकले भारतमा घर–घरमा ग्रेटिङ प्रयोग गरी घरलाई आकर्षक बनाउने प्रचलन रहेको उल्लेख गर्दै नेपालमै उत्पादन गरेर हरेक नेपालीको घरमा पुर्‍याउने उद्देश्यसहित फ्याक्ट्री सञ्चालनमा ल्याइएको बताए।तर, सेजमा भारतीय नागरिकको चासो बढ्नु र उद्योग सञ्चालनमा आउनुले स्थानीय उद्योगी व्यवसायीमाझ नयाँ बहससमेत सुरु भएको छ।

नेपालमै उत्पादन, रोजगारी र बजार विस्तारको सम्भावना बढ्दै गर्दा उद्योग सञ्चालनको प्रभाव र स्थानीय सहभागिताबारे पनि चासो बढेको छ।
हिन्दू परम्पराअनुसार पूजापाठ गरी सञ्चालनमा ल्याइएको उद्योग उद्घाटन कार्यक्रममा विभिन्न उद्योगपति तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो।
अब प्रश्न उठेको छ—सेजमा विदेशी लगानी र उद्योग विस्तार बढ्दै गर्दा स्थानीय रोजगारी तथा नेपाली उत्पादनले कति प्राथमिकता पाउनेछ?