एटलेटिकोको अन्तिम ६ मिनेटको तुफान, रियल सोसिडाड ३–० ले पराजित


म्याड्रिड । स्पेनी ला लिगामा एटलेटिको म्याड्रिडले खेलको अन्त्यतिर तीन गोल गर्दै रियल सोसिडाडलाई ३–० ले हराएको छ।
बराबरीतर्फ अघि बढिरहेको खेलमा एटलेटिकोले ८४ मिनेटपछि लगातार तीन गोल गरेको हो। एलेक्स ग्रिमाल्डोले पेनाल्टीमार्फत पहिलो गोल गरे। त्यसपछि जोनाथन डेविड र गुलियानो सिमोनीले एक–एक गोल थप्दै एटलेटिकोलाई शानदार जित दिलाए।
जितसँगै एटलेटिकोको पाँच खेलबाट १० अंक पुगेको छ। टोली चौथो स्थानमा उक्लिएको छ।
यसअघि बार्सिलोनाले लेभान्टेलाई ४–२ ले हराएको थियो। बार्सिलोनाका लागि लामिन यामलले दुई गोल गरेका थिए। बार्सिलोनाको १५ अंकसहित शीर्ष स्थानमा रहँदा रियल म्याड्रिड १२ अंकसहित दोस्रो स्थानमा छ।