गरिमाको न्यायका लागि वार्ता बस्दा सम्राट उपाध्याय गलत कसरी? जनताको माग पूरा गर्न अघि बढ्दा प्रश्न उठाउनेमाथि प्रतिप्रश्न

गरिमाको न्यायका लागि वार्ता बस्दा सम्राट उपाध्याय गलत कसरी? जनताको माग पूरा गर्न अघि बढ्दा प्रश्न उठाउनेमाथि प्रतिप्रश्न

स्पर्श खबर जितपुर बारा भदौ ६ गते:
गरिमा चौधरीको न्यायका लागि सिमराका जनताले गृहमन्त्री सुधन गुरुङ घटनास्थलमै आएर पीडित परिवारसँग वार्ता गर्नुपर्ने माग गरेका थिए। जनताको त्यो माग पूर्ण रूपमा पूरा हुन नसके पनि सम्राट उपाध्यायले पाँच जना मन्त्रीसँग भेट गरी पीडित पक्षसँग वार्ताको वातावरण बनाउन पहल गरे।


तर, पीडित परिवारसँग वार्ता गराउन पहल गर्ने सम्रातमाथि नै प्रश्न उठेपछि अब अर्को प्रश्न खडा भएको छ—गरिमाको परिवारलाई न्याय चाहिएको हो कि सडकमा भिडियो बनाउन, रमाइलो गर्न र भीड उक्साउन आउनेहरूलाई मात्र समर्थन चाहिएको हो?


सम्राटको तर्क छ, “जनताको माग पूरा गराउन पहल गर्दा म गलत कसरी भएँ? पीडितसँग वार्ता बसाल्नु अपराध हो र?”
गरिमा प्रकरणमा सबैको एउटै उद्देश्य हुनुपर्ने हो—पीडित परिवारले न्याय पाउनुपर्छ र दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्छ। त्यसका लागि वार्ता, संवाद र समाधान खोज्ने प्रयासलाई व्यक्तिगत विवादको विषय बनाउनुको सट्टा पीडितको पक्षमा परिणाम निकाल्ने माध्यम बनाउनुपर्ने आवाज उठिरहेको छ।


सम्राट उपाध्यायले आफू पनि यही अभियानमा सक्रिय रहेको र आफ्नो करियरको विषयसमेत जोडिएको बताएका छन्। तर उनको भनाइमा, व्यक्तिगत प्रचारभन्दा माथि उठेर गरिमाको परिवारले न्याय पाउनु नै पहिलो प्राथमिकता हुनुपर्छ।
अब प्रश्न एउटै छ—गरिमाको न्यायको आन्दोलनलाई समाधानतर्फ लैजाने पहल गर्ने व्यक्ति गलत हो कि आन्दोलनलाई उत्तेजित बनाएर थप तनाव सिर्जना गर्ने प्रवृत्ति गलत हो?