गोल बजारमा करातेको धमाका: पाँचौं उप–मेयर कप सुरु

गोलबजारमा करातेको धमाका: पाँचौं उप–मेयर कप सुरु
मनाेज शाह जितपुर बारा बैशाख ५ गते: स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित गोलबजार नगरपालिकाको आयोजनामा पाँचौं उप–मेयर कप कराते प्रतियोगिता आजबाट सुरु भएको छ।
गोलबजार–८ स्थित श्री जनता नमुना माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ। प्रतियोगिताले युवाहरूमा खेलप्रति आकर्षण बढाउनुका साथै अनुशासन र आत्मविश्वास विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार केही दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ। स्थानीयस्तरमै खेलकुद गतिविधि बढ्दै जाँदा करातेप्रति युवाहरूको रुचि समेत बढिरहेको देखिन्छ।