जितपुर सिमरा नगर उद्योग वाणिज्य संघमा निर्वाचन लम्बिएको गुनासो

जितपुर सिमरा नगर उद्योग वाणिज्य संघमा निर्वाचन लम्बिएको गुनासो

स्पर्श खबर जितपुर बारा मंसिर ७ गते:

जितपुरसिमरा नगर उद्योग वाणिज्य संघमा निर्वाचन कहिले हुने भन्ने प्रश्न उठिरहेको बेला अध्यक्ष मोहन शर्माले जिम्मेवार पदाधिकारीहरूले आफ्नो भूमिका स्पष्ट नगरेसम्म आफू एक्लैले समय तोक्न नसक्ने बताउनुभएको छ।

व्यापारीहरूले धाराबाहिक रूपमा निर्वाचन चाँडो गरियोस् भन्ने माग राखिरहेका छन्। “तपाईँको कार्यकाल सकिसकाे छ, अब नयाँ नेतृत्व छान्नुपर्छ,” भन्ने व्यापारीहरूको प्रश्नमा अध्यक्ष शर्माले भने,
“निर्वाचन छिटोभन्दा छिटो होस् भन्ने चाहना सबैको हो। तर तपाईँ महासचिव प्रकाशजीसँग सोध्नुस् , बरिस्ठ उपध्यक्ष , मनोज गुप्तासँग सोध्नुस्—उहाँहरू नै आफ्नो जिम्मेवारीबाट पन्छिनुहुन्छ। सबैले आफ्नो भूमिका बहन गरेपछि मात्र निर्वाचनको समय तोक्न सकिन्छ।”

स्थानीय व्यवसायीहरूले नेतृत्वमै ‘लालच वा लोभ’ कै कारण निर्वाचन लम्बिएको हो कि भन्ने शंका जनाउँदै आलोचना गरेका छन्। व्यवसायी श्रीराम शाहले भने,
“व्यापारीहरूको हितका लागि निर्वाचन हुनुपर्छ। किन ढिला भइरहेको छ—के लालच कि लोभ?”

संघभित्र नेतृत्वको दायित्व र आपसी समन्वयमा देखिएको कमीका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको व्यापारीहरूको बुझाइ छ। अब कसको पहलमा निर्वाचन मिति तोक्ने हो भन्ने विषय अझै अनिश्चित नै छ।