इजरायलमाथि हमासले गरेको आक्रमणमा यूएनका ९ कर्मचारीको संलग्नता

तेल अभिभ । अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणमा संयुक्त राष्ट्र संघका नौ कर्मचारीहरू संलग्न रहेको हुन सक्ने समाचारमा जनाइएको छ । सो घटनामा १ हजार २०० जनाको ज्यान गएको थियो ।यस मामिलामा लामो समयसम्म छानबिनपछि सो हमलामा प्यालेष्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र संघको निकाय (यूएनआरडब्ल्यूए)का नौ जना कर्मचारी संलग्न रहेको हुन सक्ने एउटा आन्तरिक अनुसन्धानले देखाएको हो । गाजामा यूएनआरडब्ल्यूएका १४ हजार कर्मचारी कार्यरत छन् ।सो घटनामा यूएनआरडब्ल्यूएका कर्मचारी संलग्न रहेको इजरायलले आरोप लगाएपछि जनवरीमा यो अनुसन्धान शुरु गरिएको थियो । आरोपीहरूसँग यूएनका अनुसन्धानकर्ताहरू कुराकानी हुन नसकेको तर केहीले भने लिखित प्रश्नको उत्तर दिएको बताइएको छ ।यी नौ जनामध्ये केहीलाई जनवरीमै बर्खास्त गरिएको थियो । बाँकीलाई भने यही गर्मीयाममा जागिरबाट निकालिएको थियो । अक्टोबर ७ को हमलाको तयारीमा कूल १९ जना कर्मचारीले सघाएको आरोप इजरायलले लगाएको थियो ।