जीतपुरका वडा अध्यक्ष गुप्ता सहित ६ जनालाई कैद फैसला

जीतपुरका वडा अध्यक्ष गुप्ता सहित ६ जनालाई कैद फैसला
स्पर्श खबर जितपुर बारा असार २८ गते:

जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरका वडा अध्यक्ष सुनिल गुप्ता सहित ६ जनालाई एक महिना कैदको फैसला सुनाएको छ । अपराधिक उपद्रव मुदामा वडा अध्यक्ष गुप्ता सहित ६ जनालाई एक महिना कैद र जनही एक हजार जरिवाना भएको छ । वडा अध्यक्ष गुप्ताले डोजर लगाई समाजसेवी तथा स्थानीय तहको निर्वाचनमा आफना प्रमुख प्रतिद्धन्दी रहेका राजुराज गिरीको घर अगाडिको सार्बजनिक बाटो डोजर ल्याई खनी क्षती पुरयाएका थिए ।

राजुराज गिरीको तर्फबाट वादी नेपाल सरकार रहेको मुद्धामा वडा अध्यक्ष सुनिल गुप्ता , मनोज गुप्ता ,सुनिल साह कानु , अनिल गुप्ता , सुरेश यादब र वडा कार्यालयमा कार्यरत रामजी साह रहेका छन् ।

मुलुकि अपराध संहिता ,२०७४ को दफा २७५(१)र (२((ख)बमोजिमको कसुर गरेको ठहर बारा जिल्ला अदालतका न्यायधीश तारादेबी महर्जनले असार १९ गते गर्नुभएको थियो । असार २८ गते शुक्रबारको फैसलाले वडा अध्यक्ष गुप्ता सहित ६ जनालाई जनही १ महिना कैद र रु १ हजार जरिवाना गरेको हो ।यता वडाअध्यक्ष सुनिल गुप्तालाइ फाेन सम्पर्क गर्दा फाेन उठाउनु भएन ।