बाराको जितपुरमा व्रतालु महिलाहरुले धुमधामका साथ वटसाबित्री पर्व

बाराको जितपुरमा व्रतालु महिलाहरुले धुमधामका साथ वटसाबित्री पर्व मनाइरहेका छन् ।
मनाेज शाह जितपुर बारा जेठ २४ गते:
जितपुरका महिलाहरूले आज धुमधामले वटसावित्रीको पूजा गरेका छन् । तराई मधेशका महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको सुखका लागि परापूर्वकालदेखि यो पूजा गर्दै आएको जनविश्वास छ।

प्राचिनकालमा सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएदेखि यो पूजा गर्दै आएको धार्मिक विश्वास रहेको स्थानीय एक महिलाले बताइन्। प्रत्येक वर्ष जेठ महिनाको आमावश्या तिथिका दिन मनाइने वट सावित्रीको पूजाका लागि व्रतालु महिलाहरु नयाँ पहिरनमा सजिएर वर र पिपलको रुखमुनि सामूहिक रुपमा बसी बताइन्।

पान, सुपारी, केरा, फलफूल, धुप लगायतका विभिन्न पूजन सामग्रीका साथ व्रतालु महिलाहरु वर र पिपलको रुखमुनि बसेर आफ्ना पतिको दिघार्यूको कामना गरी पूजापाठ गर्दै वर र पिपलको रुखमा रातो र पहेलो धागो बेर्ने गर्दछन्।