बारामा साेमबार शोक बिदा

बारामा साेमबार शोक बिदा

मनाेज शाह जितपुर बारा बैशाख १६ गते:

बारा जिल्लाकाे    कलैया उपमहानगरपालिकाले नगर कार्यापालिकाको कार्यालय र मातहतका वडा, अन्य कार्यालयहरुमा सोमबार शोक विदा दिइएको छ । कलैया उपमहानगरपालिकाको पशु शाखामा कार्यरत पशु सेवा प्राबिधिक सहायक चौथो तहका कर्मचारी बिशेन्द्र कुमार यादवको निधन भएकोले उपमहानगरपालिकाले सोमबार शोक विदा दिने निर्णय गरेको हो ।

पशु सेवा प्राबिधिक सहायक यादवको  हिजो सनिवार असमायिक निधन भएको थियो । उनको आज अन्त्येष्टी गरिने भएको छ ।उपमहानगरले शोक विदासम्बन्धी सुचना जारी गर्दै नगर कार्यपालिका, मातहतका वडा कार्यालय शैक्षिक संस्था र स्वास्थ संस्थाहरु बन्द रहने जानकारी दिएको छ ।