सहयोगी हात नेपालद्वारा पम्प्लेटको माध्यमबाट जनचेतना जगाउने कार्य सम्पन्न
मनोज शाह, जीतपुर बारा, चैत्र २६
सामाजिक कार्यहरुमा पूर्ण रुपले सक्रिय रहेको सहयोगी हात नेपाल नामक संस्थाले आज बिहान जीतपुर तथा वरिपरिका ठाउँहरुमा जनचेतनामूलक सन्देश प्रदान गर्ने खालको पम्प्लेटहरु टाँसेको छ । समाजमा जाँडरक्सी, चुरोट, लागुपदार्थ आदि सेवन गर्ने कुप्रवृत्ति बढ्दै गएकोले यसलाई कम गरी सभ्य समाजको निर्माण गर्नु आजको आवश्यकता रहेको सहयोगी हात नेपालका अध्यक्ष देवानन साहले जानकारी दिनुभयो ।
धूम्रपान, मद्यपान, जुवातास तथा लागुपदार्थ दुर्व्यसनको कारण धनजनको क्षति हुनुको साथै मानव स्वास्थ्यमा पनि ठूलो प्रभाव पर्ने भएकोले यसबारे सानो प्रयासबाट भएपनि जनचेतना जागृत गर्ने उद्देश्यले सन्देशमूलक पम्प्लेटको सहायता लिइएको सहयोगी हात नेपालका सदस्यसमेत रहेका ओमप्रकाश यादवले स्पर्श खबरलाई बताएका छन् ।
सहयोगी हात नेपालका सदस्यहरु चन्देश्वर पासवान, परवेज पासवान, मुर्तुजा अंसारी, मुकेश पासवान, मनोज पासवान, जीतपुर युवा क्लबका अध्यक्ष भुनेश पासवानलगायतको सहयोगमा पम्प्लेट टाँस्ने र सर्वसाधारणलाई मौखिकरुपमा सचेत पार्ने कार्य गरिएको अध्यक्ष देवानन साहले जानकारी दिनुभयो ।