मिर्जापुरका प्रहरी जवानको बारा अमलेखगञ्जमा बसको ठक्करबाट मृत्यु ।

मिर्जापुरका प्रहरी जवानको बारा अमलेखगञ्जमा बसको ठक्करबाट मृत्यु ।
स्पर्श खबर जितपुर बारा चैत २४ गते:  पर्सा जिल्ला छिपहरमाइ गाउपालिका मिर्जापुर निवासी ट्राफिक प्रहरी जवान मुनटुन यादवको बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति डियुटीको क्रममा बसको ठक्करबाट मृत्यु भएको छ । काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति सवा ११ बजे अमलेखगञ्ज चोकमा डियुटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो ।
प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको न्योपानेले बताए ।
फोटो- सामाजिक संजाल