बकुलिया भवानीपुर गोल्ड कपः आयोजक सेमिफाइनलमा प्रवेश, निजगढ पराजित

बकुलिया भवानीपुर गोल्ड कपः आयोजक सेमिफाइनलमा प्रवेश, निजगढ पराजिति

मनाेज शाह जितपुर बारा, चैत्र १८ गते ।

बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक जन कल्याणकारी क्लब बकुलिया भवानीपुर विजयी भएको छ । निजगढ युवा क्लब निजगढलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।

निजगढलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले १–० को जीत निकालेको थियो । आयोजको जीतमा जर्सि नम्बर ७ का खेलाडी सुशान्त चौधरीले एक गोल गरे । निर्धारित समयमा निजगढले कुनै गोल फर्काउन नसकेपछि सुशान्त चौधरीको गोल आयोजक टिमको लागि निर्णायक बन्यो ।

खेलको दोस्रो हापको ३३औँ मिनेटमा आयोजक जन कल्याणाकारी क्लब बकुलिया भवानीपुरका सुशान्त चौधरीले डिबक्स भित्रबाट सान्दार गोल प्रहार गरेका थिए ।

जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मेन अफ दि म्याच खेलको गोल कर्ता सुशान्त चौधरी घोषित भए । मेन अफ दि म्याचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे ।

पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगिताको तेस्रो खेलको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मोतिलाल यादव मेन अफ दि म्याचको पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

जन कल्याणकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् ।

प्रतियोगितामा चैत्र १९ गते सोमबार हर्दि युवा समाज चितवन र सशस्त्र प्रहरी बल नेपाल पिलुवा बारा बिच अन्तिम क्वाटरफाईलन खेल हुनेछ । दिनको ३ बजेबाट बकुलिया भवानीपुर फिल्डमा खेल सुरू हुने आयोजकले जनाएको छ ।