वीरगंज वडा नं १० मा दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगितामा कर्णालीले पायो ठूलो झट्का : कर्णालीलाई पराजित गर्दै माछापुच्छ्रे पुग्यो सेमिफाइनलमा

वीरगंज वडा नं १० मा दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगितामा कर्णालीले पायो ठूलो झट्का : कर्णालीलाई पराजित गर्दै माछापुच्छ्रे पुग्यो सेमिफाइनलमा

पवन प्रसाद साह,वीरगंज फागुन २८ गते:

वीरगंज महानगरपालिकाको वडा नं. १० मा संचालन भइरहेको दोस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको आज तेस्रो दिनको खेलमा कर्णालीलाई पराजित गर्दै माछापुच्छ्रे सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज तेस्रो दिन भएको खेलमा कर्णाली र माछापुच्छ्रेबीच मैत्रीपुर्ण ढ्ङ्गले खेल भएको थियो । उक्त प्रतियोगितामा १० ओभरको खेलमा माछापुच्छ्रेले कर्णालीलाई ९५ रनको लक्ष्य दिएको थियो भने सो लक्ष्यलाई पछ्याउँदै १० ओभर खेलेको कर्णाली जम्मा ४८ रनमै समेटिन पुग्यो । माछापुच्छ्रेले कर्णालीलाई ४७ रनले पछि पार्दै सेमिफाइनलको बाटो तय गरेको छ ।

आज को कार्यक्रमको अध्यक्षता गरेका वडा अध्यक्ष सुशिल साह कानुले अहिले वडामा खेलकुद गतिविधि बढाउन तथा बढीभन्दा बढी युवाहरुलाई खेलकुदमा सक्रिय गराउन यस्ता खेलकुद प्रतियोगिताको आयोजना गरेको बताए । युवाहरुलाई खेलप्रति रुचि बढाउनुका साथै स्वस्थ रहन यस्ता खेलकुद प्रतियोगिता उपयोगी हुने र अहिलेको आधुनिक जमानामा पढाइका साथ साथै खेलकुदले पनि जीवनमा सकारात्मक परिवर्तन ल्याउन ठूलो भूमिका खेलिरहेको उनले बताए ।