लहानका किसान रतन साहले फलाए रंगीन काउली
‘यसको रंग र स्वाद फरक भएकाले बजारमा पुर्याउनसाथ बिक्री हुन्छ। यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,’ किसान रतन साहले भने ।सिरहाको लहान नगरपालिका-२४ का किसान रतन साहले विभिन्न रंग र फरक स्वादका काउली फलाउन सफल भएका छन्। उनले उत्पादन गरेको गुलाबी र पहेँलो रंगका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ।ले भने, ‘सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेको थिएँ। स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाएँ। परीक्षणका लागि पाँचधुर जग्गामा लगाएँ। राम्रो उत्पादन भयो। बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु।’उनले एक किलोसम्मको काउली फलाएका थिए। ‘यसको रंग र स्वाद फरक भएकाले बजारमा पुर्याउनसाथ बिक्री हुन्छ। यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,’ किसान साहले भने, ‘आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु।’ले सोमबारमात्र १६ किलो उक्त काउली प्रतिकिलो दुईसय रूपैयाँका दरले बिक्री गरेका थिए।
तमा रंगीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उनले जानकारी दिए।
‘सबैतिर यस काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको हुँ। अहिले हेरिसकेपछि मनै आनन्दित भयो’, प्रधानाध्यापक कुशेश्वर यादवले भने। रासस