बारा, पुस २१ गते ।
जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २१औं वर्षिक साधारणसभा नेपाल राष्ट्रिय मावि सिमरामा सम्पन्न गरेको हो ।
संस्थाको अध्यक्ष कमला घिमिरे अध्यक्षतामा सम्पन्न भएको २१औं वार्षिक साधारणसभाको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल रहनुभएको थियो ।
२०७९-२०८० मा संस्थाले ३९ लाख ९१ हजार ६ सय ७८ रूपैया नाफा गरेको संस्थाको प्रतिवेदनमा पेस गरिएको थियो । कुल १ हजार ७ सय ७९ जना सेयर सदस्य रहेको उक्त संस्थाको कुल पुजी १७ करोड ८० लाख ०९ हजार ५ सय ९६ रूपैयाँ रहेको छ । संस्थाको करिब करिब पर्लस सुचक लक्ष्य अनुरूपनै रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा जेष्ठ नागरिक सदस्य, असल बचत कर्ता, बाल बचत कर्ता, स्कुलका उत्कृष्ट विद्यार्थी, असल कारोबारी, असल बचत समुह र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । उहाँहरूलाई दोसल्ला र प्रशंसापत्र सहित सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उप-प्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर, जनहित उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई संस्थाका सदस्य एंम शिक्षा संयोजक कृष्ण सिग्देलले सहजीकरण गरेका थिए ।