काठमाडौं कोलम्बस स्कुलद्धारा दुई दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता भव्य रुपले सम्पन्न

सेयर गर्नुहोस्

काठमाडौं महानगरपालिका १० , बुद्धनगरस्थित काठमाडौं कोलम्बस स्कुलले १३ वर्ष मुनिको दुई दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता भव्य रुपले सम्पन्न गरेको छ।

भिसिओनोभा बहुउद्देश्यीय कम्पनी (VISIONOVA MULTIPURPOSE COMPANY ) र लायन्स क्लब अफ काठमाण्डू सिद्धिविनायकको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रम २०८० पौष ५ र ६ गते भिसिओनोभा फुटसलको फराकिलो मैदानमा भएको थियो ।

यस प्रतियोगितामा प्रतियोगितामा काठमाडौं महानगरका विभिन्न विद्यालयका करिब १५ टोलीको प्रभावशाली सहभागिता रहेको थियो । यस अवसरमा LCK मन्दिर सिद्धिविनायकका GST संयोजक र चार्टर प्रेसिडेन्ट लायन सन्तोष सर्राफ को प्रमुख अतिथि का रुपमा सम्मानजनक रह्यो। कार्यक्रम भिजनोभा मल्टिपर्पजका अध्यक्ष रामकृष्ण तण्डुकार र काठमाडौं कोलम्बस स्कुलका प्रिन्सिपल सञ्जय कुशवाहाको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ सिद्धिविनायक टेम्पलकी अध्यक्ष प्रणिमा जोशी, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत विशिष्ट अतिथिहरुको सहभागिता रहेको थियो । विद्यालयहरू शीर्ष स्थानका लागि प्रतिस्पर्धा गर्दा प्रतिस्पर्धात्मक मनोबल उच्च देखिएको थियो। विजेताहरू मा दरबार हाई स्कूल, काठमाडौं ले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो। यसै गरी दोस्रो स्थानमा मानंक चिल्ड्रेन प्याराडाइज स्कूल, पेप्सीकोला, तेश्रो स्थान ज्ञानकुञ्ज हाई स्कूल, रविभवन र एभेन्स स्कुल, सानेपा ले चौथो स्थान प्राप्त गर्न सफल भएका थिए।

सहभागी टोलीहरू सबैलाई उनीहरूको प्रयासको लागि प्रमाणपत्रहरू सहित प्रशंसा गरिएको थियो र विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रम ले खेलकुदको सहभागी विद्यालयहरूबीच सौहार्दता र स्वस्थ प्रतिस्पर्धाको भावनालाई बढावा दिएको थियो ।

यस प्रतियोगिताको सफलताको लागि आयोजक टोली ( काठमाडौं कोलम्बस) ले उत्साह प्रकट गर्दै यसलाई वार्षिक रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको । त्यसैगरी, निकट भविष्यमा १६ वर्ष मुनिको फुटसल प्रतियोगिता आयोजना गर्ने आफ्नो योजनाको घोषणा गर्दै आगामी दिनमा थप रमाइला खेलकुद कार्यक्रम हरु गर्ने प्रतिज्ञा गरेको छ।