बाराको नेपोभिट टायल्स कम्पनीमा भिषण आगलागी, अनुमानित २० करोडको क्षति

सेयर गर्नुहोस्

बारा, मंसिर १७ गते ।

बाराको नेपोभिट टायल्स कम्पनीमा भिषण आगलागी हुदा अनुमानित २० करोडको क्षती भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित रहेको नेपाल सेरामि इन्डस्ट्रिको नेपोभिट टायल्स कम्पनीमा आगलागी हुदा २० करोड बरोबरको अनुमानित क्षति भएको हो ।

आइतबार करिब ३ः३० बजेको समयमा आगो लागेको सोही कम्पनीमा कार्यरत कर्मचारीले बताए । आगो लागेको खबर प्राप्त भएको केही मिनेटमै जीतपुरसिमरा उपमहानगरको बारुणयन्त्र घट्ना स्थलमा पुगेको थियो ।

एक बारुणयन्त्रले आगो नियन्त्रण नभएपछि थप चार बारुण यन्त्र बोलाएर आगो नियन्त्रणमा लिइएको थियो । जीतपुरसिमरा उपमहानगर र कलैया उपमहानगरको १÷१, विरगञ्ज महानगरको २ र नेपाल प्रहरीको १ गरि ५ बारुणयन्त्रको लगातार ३ घण्टाको प्रयास पछि आगो नियन्त्रणमा आएको थियो ।

बिजुलीको सर्टसर्किटको कारण आगो लागेको हुन सक्ने बताइएको छ । आगो नियन्त्रणमा बारुणयन्त्र सँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित सोही कम्पनीमा कार्यरत कर्मचारीहरु खेटेका थिए ।

आगलागीबाट अनुमानित २० करोडको क्षति भएको भनिए पनि यसको वास्तविक क्षतिको विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ । आगलागी भएको स्थानमा पुर्णरुपले क्षति भएको छ । आगलागीबाट खालि काटुन, टायल्स, केही मेसिन सहित अन्य समान र उपकरणहरु जनेर नष्ट भएको कम्पनी स्रोतले जनाएको छ ।