बाराको जीतपुरमा आगोमा जलेर एक महिलाको मृत्यु

सेयर गर्नुहोस्

बारा, मंसिर १५ गते ।

बारा जिल्लाको जीतपुरमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको रामटोलमा आगोमा जलेर एक महिलाको मृत्यु भएको हो ।

स्थानिय राजेन्द्र गिरिको श्रीमति ५५ वर्षिय विन्दा देवीले बिहिबार बेलुका आफ्नै कोठा भित्र शरिरमा आगो लगाएकी थिन् । मानसिक अवास्था ठिक नभएकी गिरिले आफैले शरिरमा आगो लगाएकी हुन् । सोही घरको बच्चाले कोठा भित्र आगो देखे पछि हल्ला भएको थियो ।

आगोले जलेर गम्भिर घाइते भएकी उनलाई उपचारको लागि विरगञ्ज लगिएको थियो । विरगञ्जमा उपचार सम्भव नभए पछि थप उपचारका लागि काठमान्डौ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी प्रदिप क्षेत्रीले बताउनु भयो ।

हाल उनको मृत शरिरलाई पोष्टमार्टमको लागि विरगञ्ज स्थित नारायाणी अस्पतालमा लगिएको छ । घट्नाको पथ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।