मेरो कार्यकाल भित्रै चितवन राष्ट्रिय निकुञ्जको बाटो धुलोरहित हुन्छः बिक्रम पाण्डे

सेयर गर्नुहोस्

चितवन,कात्तिक १९-

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बिक्रम पाण्डेले देशको अबस्था र आर्थिक संकटका कारण युवा विदेश पलाएन हुँदा देश रित्तो बन्न थालेको बताउनुभएको छ । आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर कमिटीले आयोजना गरेको नविन राप्रपा भूगोल केन्द्रित चियापान कार्यक्रम एवं पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका पाण्डेले सो कुरा बताउनुभएको हो ।

राजनीतिक दलका नेताहरु बिदेश भ्रमणमा जाने मात्र काम भएको तर देश र जनताका काम परिणाम बिहिन भएको बताउँदै उहाँले राष्ट्रबादी नेपालीहरु एक हुनुपर्ने बताउनुभयो । सरकारमा नै बसेका पार्टीहरु सडकमा जाने भन्दै दिएको अभिव्यक्तिप्रती कटाक्ष गर्दै पाण्डेले यस्तो अभिव्यक्ति दिनेलाई लाज लाग्नुपर्ने बताउनुभयो ।

माडीमा बारम्बार जङ्गली जनावरको आतंकबाट नागरिकहरुले अकालमा ज्यान गुमाउनुपरेको स्मरण गर्दै यसको लागि दीर्घकालीन समाधानका लागि रिउ करिडोरको व्यवस्थापन गराएर अगाडि बढाउने योजना रहेको बताउनुभयो । सधैं माडीको समस्याप्रति चिन्तित रहेको बताउँदै उहाँले आफ्नो कार्यकाल भित्र नै चितवन राष्ट्रिय निकुञ्जको बाटोलाई धुलोरहित बनाउने समेत प्रतिबद्धता जाहेर गर्नुभयो । पाण्डेले भुकम्पबाट क्षति भई मृत्यु बरण गरेका रुकुम र जाजरकोटका परिवारलाई राहात र घाइते र प्रभावितहरुको उद्वारमा लाग्न सरकारलाई अपिल समेत गर्नुभयो ।