जीपतपुरसिमरामा नापतौल गर्ने काँटा, मिटरहरु नविकरण गरिदै

सेयर गर्नुहोस्

बारा, कार्तिक १३ गते ।

बाराको जीतपुरसिमरा उपमहमनगरपालिकामा नाप तौल गर्ने सामाग्रीहरु नविकरण गरिदै छ । जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको सहकार्यमा गुणस्थर तथा नापतौल क्षेत्रीय कार्यालय बिरगन्जले व्यवसायमा प्रयोग हुने काँटा, मिटर, ढक, तराजु लगायतका नापतौल गर्ने सामाग्री उपकरणहरु चेकजाँच गरि नविकरण गरिदै छ ।

नापतौल गर्ने सामाग्रीहरु नविकरण गर्न व्यवसायीहरु विरगञ्ज जान बाध्यताबाट मुक्ति दिलाउन नगर उद्योग वाणिज्य संघले गुणस्थर तथा नापतौल क्षेत्रीय कार्यालय बिरगन्ज संग सहकार्य गरेर जीपतुरसिमरा भित्रै नविकरणको व्यवस्था मिलाएको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताउनु भयो ।

अध्यक्ष लामिछानेका अनुसार कार्तिक १३, १४ र १५ गते जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको मुख्य कार्यालय जीतपुरमा, कार्तिक १६ गते संघको सिमरा सेवा केन्द्र, १७ गते जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ को वडा कार्यालय परिसरमा र कार्तिक १९ गते जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ को वडा कार्यालय परिसरमा नापतौल गर्ने सामाग्री र उपकरणहरु चेकजाँच नविकरण गरिनेछ ।