टि–२० विश्वकप छनोटः सिगांपुरले दियो नेपाललाई १४६ रनको लक्ष्य

सेयर गर्नुहोस्

डेस्क, कार्तिक १३ गते ।

आईसीसी टि–२० विश्वकप एसिया छनोट अन्तर्गतको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालको टियु क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो ।

नेपाललाई आजको खेल जित्न २० ओभरमा २४१ रन बनाउनु पर्ने छ । नेपालका लागि करन केसी, सन्दिप लामिछाने, गुल्सन झांले २/२ विकेट र अविनास बोहरा ३ विकेट लिएका छन् । अब सिंगापुरले लिएको चुनौतीको सामना गर्न नेपालले ब्याटिगं गर्ने तयारी गरिरहेको छ ।