बाराको कोल्हबीमा नहरमा डुबेर एक जनाको मृत्यु

सेयर गर्नुहोस्

बारा, कार्तिक ६ गते ।

बारामा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ खैराका दिपक खनालका २२ वर्षिय छोरा दिपेश खनालको नहरमा डुबेर मृत्यु भएको हो ।

आईतबार (हिजो) मात्र काठमान्डौबाट दशै मान्न घर आएका उनि साथीहरु संग नहरमा नुहाउन गएका थिए । नहरमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

मृतक खनालको शवलाई पोष्टमार्टमको लागि विरगञ्ज लगिएको प्रहरीले जनाएको छ । साथै घट्नाको थप अनुसंधान भइरहेको प्रहरीको भनाई छ ।