देशका केही भू-भागमा आज वर्षाको सम्भावना

काठमाडौं,कात्तिक ६-

देशका केही भू(भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा हिमपात समेत हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।