निजगढ सवारी दुर्घटा अपडेटः गम्भिर घाइते एक जनाको मृत्यु

सेयर गर्नुहोस्

बारा, असोज ३० गते ।

बारा जिल्लाको निजगढमा सवारी दुर्घटनामा गम्भिर घाइते भएका दुइ जना मध्ये एक जनाको मृत्यु भएको छ । ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल सवार दुई जना गम्भिर घइते भएका थिए ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको सु प्र ०१-००१ ख २७३७ नम्बरको ट्रकले विपरित दिसाबाट आइरहेको प्रदेश २-०३-००४ प ५१८८नम्बरको मोटरसाईकललाई निजगढ-७ देउराली पथ नजीकै ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रौटहतको गुजरा नगरपालिकाका ३० वर्षिय इशोर राइ र मोटरसाइकल सवार २८ वर्षिय जीतपुरसिमरा १६ का दिपेश सन्जेल गम्भिर घाइते भएका थिए । टाउको र खुटामा गम्भिर चोट लागेका मोटरसाईकल चालक इशोर राईको विरगञ्ज स्थित वयोध्या मेडिसिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा गम्भिर घाईते भएका मोटरसाईकल सवार सन्जेलको विरगञ्ज स्थित वयोध्या मेडिसिटि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ठक्कर दिने ट्रक , ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरेको छ ।