नेशनल पानीको सिल बोटलमा माकुरा भेटिएपछि उद्योगमा शीलबन्दी

बारा , १७ असोज

बाराको प्रसौनि गाउँपालिकामा वडा नं स्थित नेशनल पानी उधोगको शिल गरीएको बोतलमा माकुरा भेटिएको छ। उक्त उधोगले बजारमा बिक्रीको लागि पठाएको प्रशोधित पानीको बोतलमा सिंगै माकुरा भेटिएको शिल गरीएको बोतलमा नै माकुरा भेटिएको जानकारी जिल्ला प्रशासन कार्यालय बाराले पाए लगत्तै मँगलबार उक्त उधोगमा शिलबन्दी गरीएको हो  

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अचार्यको नेतृत्वमा सुरक्षा निकाय सहित गएको टोलीले उद्योगमा शीलबन्दी गरेको टोलीले उद्योगको अनुगमन गरि अनुसन्धानका लागि आवश्यक कागजातका साथै उद्योगका संचालक बिजयकुमार यादवलाई समेत नियन्त्रणमा लिएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी आचार्यको अनुसार उपभोक्ताले आफ्नो स्वास्थ्यको ख्याल गर्दै चापकल वा बाहिर पानी नखाई शुद्धपानीका लागि प्रशोधित पानी पिउने गरेको पाईन्छ। तर यस उधोगले शुद्ध पानी प्रशोधित पानीको नाममा उपभोक्ताको स्वास्थ्य सँग खेलवाड गरेको नेशनल पानीको लोगो आफुखुसी परिवर्तन गर्ने गरेको पाइएको बताएका छन्।

उँहाले भन्नु भयो हामिले यस उधोगमा अनुगमन गर्न आउँदा नेशनल पानीको तिन वटा लोगो पाएका छौ भने उधोग पनि त्यत्तिकै फोहर पाएका छौ। साथै प्रशोधित पानी भर्ने खालि बोटलहरु ब्यवस्थित नपाएकोले उक्त उधोगको सँचालन बिजय यादवलाई नियन्त्रण लिई कार्यालय ल्याईएको थियो।

सँचालन बिजय यादवलाई पछी बोलाएको खण्डमा कार्यालयमा उपस्थित हुने गरी कागजात बनाई छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनु भयो