बारा, असोज १० गते ।
बारामा विभिन्न कार्यक्रमको आयोजना गरि ४४औं पर्यटन दिवस धुमधामका साथ मनाइएको छ । बारामा रहेका पर्यटकिय गन्तव्यकोप्रबर्धन गर्न विभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।
नाटा मधेस प्रदेश, होटेल तथा पर्यटन व्यवसायी संग बारा, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको संयुक्त आयोजना रजीतपुरसिमरा उपमहानगरपालिका र पर्सा राष्ट्रिय निकुञ्जको सहयोगमा कार्यक्रमको आयोजना गरिएको नाटा मधेशका अध्यक्ष मोहनशर्मा लामिछानेले बताउनु भयो ।
४४औं पर्यटन दिवसको दिन हवाई मार्गबाट काठमाडौंबाट पहिलो उड्डान मार्फत सिमरा आएका आगन्तुकहरूलाई सम्मान सहित स्वागगरिएको छ भने सिमराबाट काठमाडौं जाने यात्रीहरूलाई पुन: बारा भ्रमण गर्नुहोला भन्दै बिदाइ गरिएको थियो ।
त्यसैगरि पर्यटन दिवसकै अवसरमा पर्यटन प्रबर्धनका लागि काठमाडौंबाट १०० जनाको जम्बो टोली बारा भ्रमण गर्न आएका थिए ।उनिहरूलाई पर्सा राष्ट्रिय निकुञ्जमा सम्मान सहित स्वात गरिएको थियो ।
बाराका पर्यटकिय गन्तव्य प्रबर्धनका लागि बारा आएका कलाकार, युटुवर, मोटरसाइकल साइडर, पत्रकार सहितको जम्बो टोलीहरूसंग निकुञ्जमा अन्तरक्रिया कार्यक्रम गरि बाराका पर्यटकिय गन्तव्य र निकुञ्जको बारे जानकारी दिइएको थियो ।
नाटा मधेसका अध्यक्ष लामिछानेको अध्यक्षता र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामासम्पन्न भएको कार्यक्रममा सिमरा विमानस्थलका प्रमुख सुर्य बहादुर खत्री, पर्सा राष्ट्रिय निकुञ्जका वार्डेन संतोष कुमार भगत, होटेलतथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।