तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल : आज दुई खेल हुने

सेयर गर्नुहोस्

बारा, असोज ८ गते ।

बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० मा आज दुई खेल हुदैछ । सिमरा रंगशालामा हुने पहिलो खेल चितवन भेट्रान क्लब र वीरगन्ज युथ एकेडेमीबीच हुनेछ ।

दुई टिम बिचको पहिलो खेल दिउसो चार बजेदेखि शुरु हुनेछ । यसैगरी दोस्रो खेलमा दार्जलिङ भेट्रान क्लब र चाबहिल भेट्रान काठमाडौं भिड्नेछन् । यो खेल भने साझ पाच बजेपछि हुनेछ । यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी भएको थियो ।

अभिषेक चर्च नवलपरासीलाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजकले विजय शुरुवात गरेको हो । स्व. मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजित प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद २ लाख र उप बिजेताले नगद १ लाख रुपैया पाउने आयोजक क्लबका अध्यक्ष राज कपुर राउत विजयले जानकारी दिनुभयो ।