श्रावन ५ गते ।
बारामा खुलेयाम तरिकाले म्याद सकेका औषधी बेचिदै छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा म्याद सकेको औषधी बेचिएको पाइएको हो ।
जीतपुरस्थित रहेको जीतपुर पोलि क्लिनिकमा सेवाग्राहीलाई म्याद सकेको औषधी दिएपछि यो कुुरा बिहिरिएको हो । जीतपुरका एक जना ग्राहकले सो औषधी पसलमा मुभ नामक मल्हम किन्न जादा २ वर्ष पहिलै म्याद सकेको मुभ दिइएको थियो ।
जीतपुरको सबै भन्दा ठुलो औषधी पसल भनेर चिनिने सिरिको औषधी पसल अर्र्थात जीतपुर पोली क्लिनिकको पहिला पनि यस्ता किसिमको गुनासो आइसकेको छ ।
म्याद सकेको औषधी दिएपछि ग्राहकले पत्रकारलाई बोलाएपछी औषधी पसलका संचालकले गल्ति स्विकारदै अन्य काम गर्ने स्टाफहरुलाई दोष लागएका थिए । र म्याद सकेको औषधी फिर्ता गर्दै पुना नँया औषधी दिएका थिए । एकजना स्थानियका अनुसार यस पसलमा औषधी किन्न आउने गरिब र अबुझ ग्राहकलाई यसरीनै म्याद सकेको औषधी दिइने गरिएको छ ।
यस विषयमा जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवि भास्कर संग कुरा गर्दा सो क्लिनिक जीतपुरसिमरा उपमहानगरपालिका भित्र दर्ता नरहेको बताएका थिए । जीतपुरसिमरा उपमहानगरपालिकामा दर्ता नभए पनि अन्य निकायबाट क्लिनिक र औषधी बेच्ने अनुमति लिएर उक्त क्लिनिक संचालन भएको हुन सक्ने स्वास्थ्य शाखा प्रमुख भास्करले बताउनु भयो ।
स्वास्थय शाखा प्रमुख भास्करका अनुसार २÷२ वर्ष म्याद सकेका औषधीहरु कुनै हालतमा पसलमा राख्नै नमिल्ने बताउनु भयो ।