लामो समयदेखि बारा पर्सा औद्योगिक करिडोरमा विद्युत अनियमित, महासंघले बुझायो ज्ञापनपत्र

सेयर गर्नुहोस्

बारा, असार १० गते ।

विगत लामो समयदेखि बारा पर्सा औद्योगिक करिडोरमा विद्युत सप्लाई अनियमित भएपछि नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदुशले ज्ञापनपत्र बुझाएको छ । महासंघको तर्फबाट बारा पर्सा औद्योगिक करिडोरका सभापति संजय साहले विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाए हुन् ।

विद्युतको अनियमित आपूर्तिले उद्योगको मेसिन बिग्रिने, दुर्घटना हुने, उत्पादन बिग्रिने, उत्पादनमा कमि आउने, उत्पादित सामानको गुणस्तरमा कमि हुने र कामदारलाई बसाएर ज्याला दिनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ |

त्यसतै खडेरीको समयमा विद्युतको अनियमित आपूर्तिले किसानले मोटरबाट सिचाइ गर्न सकिरहेका छैन्न जसले गर्दा करिडोरमा धानसहित अन्य बालि उत्पादनमा पनि नकारात्मक असर परिरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

विद्युतको आपूर्ति कम भएको हो भने घोषित रुपमा तालिका अनुसार लोड सेडिंग गरिदिए उत्पादनको लागतमा भारी कमि हुन् गई सहुलियत हुने महासंघको बुझाई छ । विद्युतको गुणस्तरीय तथा नियमित आपूर्तिको व्यवस्था गरिदिन प्राधिकरणलाई ज्ञापनपत्र बुझाइएको बारा पर्सा औद्योगिक करिडोरका सभापति संजय साहले बताउनु भयो ।