मोटरसाइकल चोरीको आरोपमा बीरगन्जबाट २ जना पक्राउ

सेयर गर्नुहोस्

बीरगन्ज,असार ८ गते ।

मोटरसाइकल चोरीको आरोपमा पर्सा प्रहरीले विरगञ्जबाट २ जनालाई पक्राउ गरेको छ । गत फागुन २८ गते चोरी भएको मोटरसाइकलसहित बीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित सडकखण्डबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

चोरी भएको मोटरसाइकल बीरगन्ज–९ रानीघाट टोल बस्ने सोनु पटेलको थियो । मोटरसाइकल पार्किङ गरेको अवस्थामा चितवनको राप्ती नगरपालिका–१३ बस्ने २८ वर्षीय मनिष प्रजा र २० वर्षीय राजु प्रजाले चोरी गरेका थिए ।

चोरी भएको मोटरसाईकल प्रहरीले खोजी गर्ने क्रममा मोटरसाइकलसहति मनिष प्रजा र राजु प्रजालाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट ५ दिन थुना अनुमति लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताउनु भयो ।