डेंगु लगायत किटजन्य रोगहरू नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न, स्कुललाई प्राथमिक उपचार सामान वितरण

बारा, असार ५ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले डेंगु लगायत किटजन्य रोगहरू नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखीकरण कार्यक्रम संगै उपमहानगरले स्कुलहरूलाई प्राथमिक उपचारको सामान समेत वितरण गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको जन स्वास्थ्य प्रवर्द्धन शाखाले आयोजना गरेको डेंगु लगायत किटजन्य रोगहरू नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रममा उपमहानगर भित्र रहेका सामुदायिक विद्यालयको शिक्षा/विज्ञानका शिक्षकहरू उपस्थित रहेका थिए ।

अभिमुखीकरण कार्यक्रममा डेंगु लाग्ने लक्षण, डेंगु लामखुट्टेले अण्डा दिने ठाउँहरूको विषयमा जानकारी दिइएको थियो भने डेंगुबाट बच्नका लागि उपायहरूबारे बताइएको थियो । कार्यक्रममा किटजन्य रोडो रोकथामबारे समेत बताइएको थियो ।

अभिमुखीकरण कार्यक्रम संगै जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर भित्र रहेका सामुदायिक विद्यालयहरूलाई प्राथमिक उपचारको सामान (पष्ट एड कीट) वितरण गरेको थियो । प्राथमिक उपचारको सामानमा सामान्य औंषधीहरू र सामान्य चोटपटकका लागि प्राथमिक उपचारका सामानहरू छ । उपमहानगरले विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत प्राथमिक उपचारको सामान वितरण गरिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रवि कुमार भास्करका अनुसार स्कुललाई वितरण गरेको प्राथमिक उपचारको सामानहरूले स्कुलमा हुने सामान्य घटनाहरूलाई उपयोगी हुन सक्छ । “जस्ताले गर्दा घटना घटेको केही समयमा मात्र उपचार हुन सक्छ” भास्करले भन्नू भयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा शाखाको प्रमुख शिवजी प्रसादको अध्यक्षतामा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख भास्करले प्रशिक्षण गरेका थिए ।