बारा, असार ४ गते ।
अशोक स्टिलले अत्याधिक प्रदुषण फाल्दा पनि सम्बन्धित निकाय जिल्ला समन्वय समिति र नगरपालिका मुखदर्शक बनेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ मा रहेको अशोक स्टिल ईण्डस्ट्रिजले अत्याधिक प्रदुषण फालिरहेको छ ।
अशोक स्टिल ईण्डस्ट्रिजले वायुप्रदुषण संगै ईण्डस्ट्रिको आसपासका नदि र पैनिहरूमा समेत प्रदुषण फाल्ने गरेको छ । ईण्डस्ट्रिमा फलाम गलाउन एसिडजन्य पदार्थ प्रयोग गरेर सोही एसिडजन्य पदार्थलाई नदि, नालामा छोड्ने गर्दछ ।
अशोक स्टिल ईण्डस्ट्रिजबाट निस्कने प्रदुषणले जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलिया, ६ नगौल, ७ जीतपुर, ३ बज्नि लगायत आसपासको क्षेत्रका बासिन्दाहरू सास्ती खेपिरहेका छन् । प्रदुषणको सास्ती खेपिरहेका स्थानीयहरूले सम्बन्धित निकायमा ध्यानाकर्षण गर्दा पनि समस्याको समाधान हुन सकेको छैन ।
उक्त ईण्डस्ट्रिले फालेको धुँवाको कारण दमको रोग, क्यान्सर, आँखामा समस्या आउने गरेको विज्ञहरूले बताउछन् । अशोक स्टिलले फालेको धुँवाले आसपासको क्षेत्रमा धोएर सुकाउनको लागि राखिएको कपडा समेत फोहोर हुने गरेको छ भने ईण्डस्ट्रिले पानिमा पाल्ने एसिडजन्य पदार्थबाट गाई भैंसी सहित अन्य जन्तुहरू मर्ने गरेका छन् ।
उद्योगको प्रदूषण नियन्त्रणका लागि वार्ड नम्बर ५ को अध्यक्ष दिपेन्द्र चौधरीले कम्पनिमा पहल गरेपनि विभिन्न बहाना बनाई अब केही दिनमा प्रदुषण नियन्त्रण मेसिन जडान गरिने भनेर टार्दै अएको अध्यक्ष चौधरिले बताउनु भएको छ ।