भायानेट संग ग्राहकहरु रुष्ट बन्दै, सेवा राम्रो नभएको गुनासो

सेयर गर्नुहोस्

बारा, जेष्ठ १८ गते ।

नेपाली बजारको चर्चित इन्टरनेट प्रदायक कम्पनी भायानेट संग ग्राहकहरु असन्तुष्ट बन्दै गएका छन् । भायानेट संग ग्राहकहरु रुष्ट बन्दै समाजीक संजाल मार्फत बाईकट भायानेटको ट्रेन्ड चलाएका हुन ।

विभिन्न किसिमको प्रलोभन देखाई ग्राहकहरु संग १ वर्षको रिचार्ज गराई एक महिनामै इन्टरनेट धेरैनै स्लो भएको ग्राहकहरुले गुनासो गरेका छन् । ग्राहकहरुका अनुसार इन्टरनेट स्लो भएपछि भायानेटको अफिसमा गुनासो गर्दा पनि कसैले केही मतलब गरेको छैनन् ।

खास गरेर मधेस प्रदेशको बारा र पर्सा जिल्लाका ग्राहकहरु भायानेट संग असन्तुष्ट बनिरहेका छन् ।