युवा नेता राजेश रौनियारद्वारा वडा ६ र ७ मा जनसम्पर्क भेटघाट

युवा नेता राजेश रौनियारद्वारा वडा ६ र ७ मा जनसम्पर्क भेटघाट

स्पर्श खबर जितपुर बारा मंसिर १८ गते:

बाराको पचरौता नगरपालिकाका वडा नं. ६ र ७ मा नेपाली कांग्रेस तथा अन्य दलका नेता–कार्यकर्ता र स्थानीय जनसमुदायसँग विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ। बाराका चर्चित युवा नेता राजेश रौनियारले पछिल्लो केही दिनयता विभिन्न ठाउँमा जनतासँग निरन्तर भेटघाट गर्दै स्थानीय समस्या तथा विकासका सम्भावनाबारे प्रत्यक्ष संवाद गरिरहेका छन्।

भेटघाटका क्रममा स्थानीयले वडा स्तरीय आयोजनामा सुशासन, पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य, सडक मर्मत तथा युवा रोजगारीको विषयलाई प्राथमिकताका साथ उठाएका थिए। नेता रौनियारले जनताले उठाएका सबै विषयलाई गम्भीरतापूर्वक लिएर सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेता–कार्यकर्ता तथा सर्वसाधारणको उत्साहप्रद सहभागितासँगै सम्पन्न भेटघाट कार्यक्रमले स्थानीयस्तरमा राजनीतिक तथा सामाजिक सक्रियता बढाएको स्थानीयवासीको भनाइ छ। रौनियारले बाराका अन्य स्थानहरूमा पनि निरन्तर जनसम्पर्क जारी राख्ने जानकारी दिएका छन्।