नेकपा एमाले जितपुरसिमराले वडास्तरिय जनभेला गर्ने निर्णय

स्पर्श खबर जितपुर बारा कार्तिक २० गते:

नेकपा एमाले जितपुरसिमराले वडास्तरिय जनभेला गर्ने निर्णय ।
नेकपा एमाले जितपुरसिम्रा उपमहानगर समितिले वडास्तरिय जनभेला, पालिका र जिल्ला स्तरका कार्यक्रमको तयारी सुरु गरेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार देशभरका सबै वडामा जनभेला, पालिका जनप्रदर्शन तथा जिल्ला जनसभा गर्ने निर्णय भएपछि जितपुरसिमरा उपमहानगर समितिले विस्तृत तयारी थालिएको जनाएको हो ।

यसक्रममा नेकपा एमाले जितपुरसिमराले उपमहानगरले २०८२ कार्तिक २२ गते वडास्तरिय जनभेला कार्यक्रम आयोजना गर्ने जनाएको छ । साथै २०७८ कात्तिक २५ गते उपमहानगर स्तरको पालिका जनप्रदर्शन कार्यक्रम र २०८२ कार्तिक २९ गते कलैयामा आयोजना हुने जिल्ला जनसभा कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय गरिएको छ ।

पत्रमा उल्लेख अनुसार वडा जनभेलामा रहेका वडा, टोल समिति, पार्टी सदस्य, शुभचिन्तक तथा पार्टीमा विश्वास राख्ने सबैलाई सहभागिताका लागि आह्वान गरिएको छ । बैठकमा पार्टीका उपस्थिति कमाण्डरहरूले आफ्नो धारणा, सुझाव र समीक्षासहित छलफल गर्ने, वर्तमान राजनीतिक परिस्थितिबारे विचार विनिमय गर्ने पनि निर्णय गरिएको छ ।

वडा जनभेला २०८२ कात्तिक २५ गते बिहान १०:३० बजे जितपुरसिमरा उपमहानगरपालिका वडा–२ स्थित वडा कार्यालय सिमरामा हुने जनाइएको छ । सो कार्यक्रममा सबै नेता, कार्यकर्ता र समर्थकलाई उपस्थित रहन अनुरोध गरिएको छ ।

उक्त सूचना नेकपा एमाले जितपुरसिम्रा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक बिक्रम शाहद्वारा जारी गरिएको हो ।