महागढीमाई–१ को खेलमैदान फोहरमैदानमा परिनत हुँदै युवाहरू द्वारा आन्दोलनको चेतावनी

महागढीमाई–१ को खेलमैदान फोहरमैदानमा परिनत हुँदै युवाहरू द्वारा आन्दोलनको चेतावनी

स्पर्श खबर जितपुर बारा कार्तिक १६ – महागढीमाई नगरपालिका–१ मा रहेको खेलकुद मैदान फोहरमैदानमा परिणत भएको भन्दै स्थानीय युवाहरू र खेलाडीहरूले तीव्र असन्तुष्टि जनाएका छन्।

उनका अनुसार, खेलकुदका लागि निर्माण गरिएको मैदानमा फोहर र झारपातले ढाकेको छ भने सरसफाइको अभावमा खेल गतिविधि पूर्ण रूपमा ठप्प भएको छ। युवाहरूले तत्काल मर्मत र व्यवस्थापन गर्न माग गर्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्।

युवाहरूले चेतावनी दिएका छन्, “यदि चाँडै सुधारका पहल नभए हामी एकजुट भएर आन्दोलनमा उत्रिनेछौं।”

उनीहरूले स्थानीय सरकार र खेलकुद विभागलाई मैदान पुनः उपयोगी बनाउने जिम्मेवारी तत्काल निर्वाह गर्न आग्रह गरेका छन्। उनका अनुसार, सो मैदान नियमित अभ्यास, प्रशिक्षण तथा प्रतियोगिताका लागि प्रयोग हुँदै आएको थियो तर हालको बेवास्ताले खेलाडीहरू निराश भएका छन्।