विश्वकप छनोटमा लागि ओमानमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो वार्मअप खेलमा पनि सहज जित निकालेको छ। कतारविरुद्धको सोमबारको खेलमा नेपाल १६ रनले विजयी भएको हो।
टस जितेर पहिला ब्याटीङ गरेको नेपालले १७० रन बनाएको थियो।
जवाफी ब्याटीङमा कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो।
पहिलो वार्मअपमा नेपालले ओमानलाई हराएको थियो।
छनोट खेल ८ अक्टोबरदेखि सुरु हुँदैछ। नेपालको समुहमा जापान र कुवेत छन्।


