भारतीय   नाका आज रातीदेखी सिल

भारतीय   नाका आज रातीदेखी सिल

मनाेज शाह जितपुर बारा जेठ ५ गते:

भारतीय सीमासँग जोडिएका नेपालगन्जको जमुनाह सीमानाका आज राती साढे १० बजेदेखि तीन दिनका लागि बन्द भएको छ । भारतको उत्तर प्रदेश राज्यका केही जिल्लामा हुन लागेको निर्वाचनका लागि नेपालगन्ज जमुनाह सीमानाका बन्द हुने भएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

आज जेठ ५ गते शनिबार राति साढे १० बजेदेखि ७ गते बेलुका ५ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहने इप्रका जमुनाहका इन्चार्ज रबिन्द्र बमले जानकारी दिए ।

बहराइच जिल्ला प्रशासनले बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी सोमबार हुने निर्वाचनका लागि ७२ घण्टा अगाडि सीमा बन्द गर्न आग्रह गरेबमोजिम सीमानाका बन्द गरिने भएका हुन् ।