जीतपुरसिमरामा जेनजी युवाको शक्ति प्रदर्शन, सुदिप सिटौलाको नेतृत्वमा नयाँ नगर कमिटी गठन

जीतपुरसिमरामा जेनजी युवाको शक्ति प्रदर्शन, सुदिप सिटौलाको नेतृत्वमा नयाँ नगर कमिटी गठन!
स्थानीय निर्वाचनलाई लक्षित गर्दै युवाहरू एकजुट, नेतृत्व र परिवर्तनको बहसले जीतपुरसिमरामा बढायो राजनीतिक चासो
स्पर्श खबर जितपुर बारा मंसिर ६ गते:

जेनजी युथ जीतपुरसिमरा नगर कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ। बाराको सिमरामा आयोजित अधिवेशनले सुदिप सिटौलाको अध्यक्षतामा नयाँ नगर कमिटी चयन गरेको छ।


अधिवेशनमा जेनजी युथ बारा जिल्ला अध्यक्ष सम्राट उपाध्याय, निवर्तमान नगर कमिटी अध्यक्ष राजबहादुर थापासहित सयौँ जेनजी युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
अधिवेशनबाट उपाध्यक्षमा धिरज सर्राफ र रिया पुरी, कोषाध्यक्षमा शेख रिजवान, सह–कोषाध्यक्षमा यौजेन मिश्रा, सचिवमा विश्वास तिमल्सिना तथा सह–सचिवमा सोम सिंह चयन भएका छन्।


त्यसैगरी सदस्यहरूमा सुरेश लामिछाने, अंगत अधिकारी, मुकेश साह, अविशेक चौलागाईं, अनिस थापा, देव बम्जन, रामपृत साश, कृस कुमार साह, आयुष न्यौपाने, शेष अलियास र बिक्कि प्रसाद साह चयन भएका छन्।
कमिटीको प्रवक्तामा मानिस सापकोटा र इन्चार्जमा सुजल पाठकलाई नियुक्त गरिएको छ।
‘देशलाई हाँक्न युवा शक्ति आवश्यक छ’ भन्ने सन्देशसहित अघि बढेको जेनजी युथले जीतपुरसिमरामा युवाहरूलाई संगठित गर्दै आफ्नो गतिविधि तीव्र बनाएको छ।


स्थानीय निर्वाचन नजिकिँदै गर्दा जीतपुरसिमरा उपमहानगरपालिकामा युवाहरूको राजनीतिक सक्रियता र चासोसमेत बढ्दै गएको देखिन्छ। नयाँ नगर कमिटी गठनसँगै स्थानीय राजनीतिमा युवा नेतृत्वको भूमिका, सहभागिता र प्रभाव कस्तो रहने भन्ने विषयले थप चर्चा पाउने संकेत देखिएको छ।
अब युवाहरूको एकता नारामा मात्र सीमित रहन्छ वा स्थानीय तहको नेतृत्व र विकासमा समेत प्रभावकारी भूमिका खेल्छ भन्ने कुरा आगामी दिनले देखाउनेछ।