अमरेश सिंहलाई विराटनगरमा कालो झण्डा! युवाको नारा– ‘भाषण होइन, काम चाहियो; आश्वासन होइन, सडक चाहियो’

अमरेश सिंहलाई विराटनगरमा कालो झण्डा! युवाको नारा– ‘भाषण होइन, काम चाहियो; आश्वासन होइन, सडक चाहियो’

स्पर्श खबर जितपुर बारा मंसिर ५ गते:
मेची–महाकाली पदयात्रामा रहेका रास्वपा सांसद अमरेशकुमार सिंहलाई स्थानीय युवाहरूको विरोध, कालो झण्डासहित प्लेकार्ड प्रदर्शन र चर्को नाराबाजी।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई मेची–महाकाली पदयात्राका क्रममा विराटनगरमा स्थानीय युवाहरूले कालो झण्डा देखाएर विरोध जनाएका छन्।
मोरङको कटहरीबाट विराटनगरको हाटखोला प्रवेश गर्नेबित्तिकै स्थानीय युवाहरूले सांसद सिंहसहितको टोलीलाई कालो झण्डा देखाउँदै प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।
युवाहरूले विभिन्न नारासहित आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए। उनीहरूले प्रदर्शनका क्रममा ‘भाषण होइन, काम चाहियो’, ‘आश्वासन होइन, सडक चाहियो’ लगायतका नारा लगाएका थिए।
त्यस्तै, सडक निर्माणको काममा भइरहेको ढिलाइप्रति व्यंग्य गर्दै युवाहरूले ‘सडक हो कि बीरबलको खिचडी, बन्दै बन्दै छ’ भन्ने नारासहित विरोध जनाएका थिए।
राजनीतिक भाषण र आश्वासनभन्दा विकास निर्माणको ठोस काम देखाउनुपर्ने मागसहित युवाहरू सडकमा उत्रिएका हुन्।
मेची–महाकाली पदयात्रामा जनताको आवाज सुन्न निस्किएको टोलीलाई विराटनगरमै युवाहरूले विकास निर्माणका सवालमा प्रश्न उठाउँदै कालो झण्डा देखाएपछि यो घटनाले राजनीतिक वृत्तमा चासो बढाएको छ।
युवाहरूको सन्देश स्पष्ट छ—जनतालाई भाषण र आश्वासन होइन, विकासको परिणाम चाहिएको छ।