१७ सहसचिवको एकैपटक सरुवा, ऊर्जा–गृहदेखि अख्तियारसम्म जिम्मेवारी हेरफेर
काठमाडौ असाेज १४ गते:
सरकारले प्रशासनतर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार जीवलाल भुसाललाई ऊर्जा मन्त्रालय, रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका, तीर्थराज राईलाई आदिवासी जनजाति आयोग, भूपेन्द्र थापालाई लगानी बोर्ड र डा. पुष्पराज शाहीलाई धरान उपमहानगरपालिकामा सरुवा गरिएको छ।
त्यस्तै वेदप्रसाद खरेललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, चिरञ्जीवी पौडेललाई राष्ट्रिय दलित आयोग, रामबन्धु सुवेदीलाई पर्यटन मन्त्रालय र उदयबहादुर रानामगरलाई रक्षा मन्त्रालयमा जिम्मेवारी दिइएको छ।
यसैगरी होमनाथ पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आनन्द सारुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मेखबहादुर मंग्रातीलाई अख्तियार, सुरेन्द्र पौड्याललाई राष्ट्रिय समावेशी आयोग, कृष्णबहादुर शाही र विष्णुप्रसाद ज्ञवालीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
त्यस्तै नमराज घिमिरेलाई उद्योग मन्त्रालय र युवराज अधिकारीलाई मुस्लिम आयोगमा सरुवा गरिएको छ।
सरकारको पछिल्लो निर्णयसँगै प्रशासनिक क्षेत्रमा १७ सहसचिवको जिम्मेवारी एकैपटक फेरबदल भएको छ।