महिला फुटबल प्रतियोगिताका लागि १० लाख बजेट, सबै खेलकुद प्रतियोगिता समितिमा सूचीकृत गर्नुपर्ने

महिला फुटबल प्रतियोगिताका लागि १० लाख बजेट, सबै खेलकुद प्रतियोगिता समितिमा सूचीकृत गर्नुपर्ने
स्पर्श खबर जितपुर बारा असाेज ८ गते:

जितपुरसिमरा उपमहानगरपालिका नगर खेलकुद समितिको पहिलो बैठक सम्पन्न भएको छ। नगर खेलकुद समितिका अध्यक्ष राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले जितपुरसिमरा महिला आमन्त्रित फुटबल प्रतियोगिताका लागि १० लाख रुपैयाँ बजेट दिने निर्णय गरेको छ।

बैठकले जितपुरसिमरा उपमहानगरपालिकाभित्र आयोजना हुने कुनै पनि खेलकुद प्रतियोगिता नगर खेलकुद समितिमा सूचीकृत गराउनुपर्ने निर्णयसमेत गरेको छ।