बारामा १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ
मनाेज शाह जितपुर बारा असाेज ८ गते:

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले १ किलो ७३० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।


प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–८ गँवरगावाँ निवासी जयनारायण चौधरीलाई आफ्नै घरको आँगनमा लुकाएर राखेको गाँजासहित पक्राउ गरेको जनाएको छ।


सूचना प्राप्त भएपछि प्रहरीले घरमा खोजतलास गर्दा गाँजा बरामद गरी चौधरीलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय जितपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।