कतारबाट काठमाडौं ओर्लिएपछि सुनको खेल पर्दाफास, ६९.६ग्रामसहित दुई जना पक्राउ

कतारबाट काठमाडौं ओर्लिएपछि सुनको खेल पर्दाफास, ६९.६ग्रामसहित दुई जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९.६ ग्राम सुनसहित दुई जना पक्राउ परेका छन्।
कतारको दोहा हुँदै काठमाडौं आएका भारतीय नागरिक ४२ वर्षीय मोहम्मद चेरा थोडीलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको हो। उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, बाराको पचरौता नगरपालिका–१ पिपरपातीका ३३ वर्षीय अनिस अन्सारीको साथबाट ६९.६ ग्राम सुन बरामद भएको छ।
दुवै जनालाई बरामद सुनसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।