जीतपुरसिमरा कांग्रेसमा सर्वसम्मति असफल, शर्मा र पण्डितबीच चुनावी भिडन्त
स्पर्श खबर जितपुर बारा असाेज ८ गते
नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगर समितिको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ। सिमरामा जारी अधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि मतदान निश्चित भएको हो।
नगर सभापतिका लागि वर्तमान सभापति छविलाल शर्मा र रमेश पण्डितले दाबी नछाडेपछि चुनावी प्रतिस्पर्धा हुने भएको हो। शेखर भण्डारीको दाबीमा भने कांग्रेस विधानको मापदण्ड बाधक बन्ने देखिएको छ।
निर्वाचनमा करिब ५ सय ८३ प्रतिनिधि सहभागी हुनेछन्। निर्वाचन समितिको संयोजकमा अधिवक्ता सूर्यजीत सिंह र सदस्यमा सुवास जयसवाल तोकिएका छन्। समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।