जीतपुरसिमरा कांग्रेसमा त्रिपक्षीय भिडन्त, सभापतिको बाजी कसले मार्ला?
मनाेज शाह जितपुर बारा असाेज ७ गते:
नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितिको अधिवेशन बुधबार सिमरामा जारी छ। राधाकृष्ण सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा भइरहेको अधिवेशन बन्दसत्रमा प्रवेश गरेको छ।

बन्दसत्रले विभिन्न प्रतिवेदन पारित गर्दै नयाँ नगर नेतृत्व चयन गर्नेछ।

नगर सभापतिका लागि वर्तमान सभापति छविलाल शर्मा, शेखर भण्डारी र रमेश पण्डित आकांक्षी देखिएका छन्।

तीनै जनाले नेतृत्वका लागि दाबी गरेपछि चुनावी प्रतिस्पर्धाको सम्भावना देखिएको छ। यद्यपि, पार्टीभित्र सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयाससमेत सुरु भएको बताइएको छ।

अब प्रश्न एउटै छ—जीतपुरसिमरा कांग्रेसको नगर सभापतिको कुर्सीमा कसले बाजी मार्ला?