पर्सौनीमा विद्युत् लापरबाहीको चरम सीमा : करेन्ट लागेर भैंसी मर्‍यो, भोलि मान्छे मर्ने जोखिम!

पर्सौनीमा विद्युत् लापरबाहीको चरम सीमा : करेन्ट लागेर भैंसी मर्‍यो, भोलि मान्छे मर्ने जोखिम!
स्पर्श खबर जितपुर बारा भदौ २६ गते:

पर्सौनी गण्डकस्थित इलाका प्रहरी कार्यालय अगाडि रहेको फलामे विद्युत् पोलमा करेन्ट प्रवाह हुँदा स्थानीयको भैंसी करेन्ट लागेर मरेको छ।


स्थानीय महिला पार्वती देवीका अनुसार करेन्ट लागेर करिब डेढ लाख रुपैयाँमा किनेको भैंसी मरेपछि आफू ठूलो पीडामा परेको बताइन्। उनले विद्युत् कर्मचारीको लापरबाहीका कारण यस्तो घटना भएको आरोप लगाउँदै क्षतिपूर्तिको माग गरेकी छन्।
“आज मेरो भैंसी मर्‍यो, भोलि मान्छे मर्‍यो भने जिम्मेवार को हुने?” भन्दै पार्वती देवीले विद्युत् पोल र आसपासको जोखिम तत्काल हटाउन माग गरिन्।


इलाका प्रहरी कार्यालय अगाडि नै यस्तो जोखिमपूर्ण अवस्था देखिँदा पनि सम्बन्धित निकाय बेखबर बनेको स्थानीयको गुनासो छ। आज भैंसीको ज्यान गएको छ, समयमै सावधानी नअपनाए भोलि मान्छेको ज्यान जान सक्ने खतरा बढेको छ।
सम्बन्धित विद्युत् निकायले तत्काल पोल तथा वरिपरिको विद्युत् चुहावट जाँच गरी जोखिम नियन्त्रण गर्नुपर्ने स्थानीयको माग छ।