सत्तामै बसेर सरकारमाथि प्रश्न ! रास्वपा सांसदको निशानामा बालेन–सुधन

सत्तामै बसेर सरकारमाथि प्रश्न ! रास्वपा सांसदको निशानामा बालेन–सुधन

स्पर्श खबर जितपुर बारा भदौ २६ गते:
प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूले असन्तुष्टि जनाएका छन्। सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने र आलोचना गर्ने मामिलामा प्रतिपक्षीभन्दा सत्तापक्षकै सांसदहरू अगाडि देखिन थालेपछि सरकारभित्रै असन्तुष्टि चुलिएको संकेत देखिएको छ।
संसद्मा सरकारको नेतृत्व र गृहमन्त्रालयको कार्यशैलीमाथि उठिरहेका प्रश्नले सत्तारूढ दलभित्रै ‘सरकार ठीक दिशामा छ कि छैन?’ भन्ने बहसलाई तीव्र बनाएको छ। सत्ता पक्षकै सांसदहरूबाट सार्वजनिक रूपमा आलोचना हुन थालेपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङमाथि राजनीतिक दबाब बढेको देखिन्छ।
प्रतिपक्षीले होइन, आफ्नै सांसदले सरकारलाई घेरिरहेका बेला अब प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्ने अवस्था आएको छ।