बकुलिया माविमा खेलकुद सामग्री वितरण, विद्यार्थी उत्साहित

बकुलिया माविमा खेलकुद सामग्री वितरण, विद्यार्थी उत्साहित

मनोज साह जितपुर बारा चैत २५ गते:
बारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर ५ वडा कार्यालयले श्री नेपाल राष्ट्रिय नमुना मावि बकुलिया, भवानीपुरलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ। विद्यार्थीहरूलाई खेलकुदमा अगाडि बढाउने उद्देश्यले बुट, मोजा तथा प्याड गरी ४० थान सामग्री प्रदान गरिएको हो।
उक्त सामग्री विद्यालयका प्रधानाध्यापक धनञ्जय गौतमलाई वडा अध्यक्ष दिपेन्द्र चौधरीले हस्तान्तरण गरेका थिए। सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए।
विद्यार्थी संजय रामले खुसी व्यक्त गर्दै भने, “हामीलाई प्राप्त सामग्रीले खेल क्षेत्रमा अझ अघि बढ्न प्रेरणा दिएको छ। अब हामी देश र गाउँको नाम उच्च बनाउनेछौं।”
कार्यक्रममा वडा सदस्य ईश्वर चौधरी, शिक्षक–शिक्षिका तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।