जितपुरसिमरामा राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट खेलाडी सम्मानित

जितपुरसिमरामा राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट खेलाडी सम्मानित

मनोज शाह जितपुर बारा फागुन ३० गते:
बारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिकामा सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिएको छ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जितपुरका विभिन्न विद्यालयका विद्यार्थी तथा नेपाल सितोरियो करातेका खेलाडीहरूलाई जितपुर डोजोमा आयोजित एक कार्यक्रमबीच सम्मान गरिएको हो। प्रतियोगितामा कराते खेलमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई वडा नम्बर ७ का अध्यक्ष सुनिल कुमार गुप्ताले टिका तथा खादासहित सम्मान गर्नुभएको थियो।
नेपाल सितोरियो कराते शाखा डोजोका प्रशिक्षक श्रीराम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष गुप्ताले कराते खेलाडीहरूले विभिन्न प्रतियोगितामा पदक जित्दै जितपुरको नाम उच्च बनाएको बताए। उनले वडा कार्यालय तथा वडा समितिको तर्फबाट खेलाडीहरूको हौसला बढाउन र खेलकुद विकासका लागि सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा फकिरागिरी, राजेश गिरी, मार्मिक विद्यालयका प्रिन्सिपल राजु कुमार सिंह, खेलाडीका अभिभावक चन्द्रबहादुर सिंह, खेलप्रेमी भोलाशंकर गुप्ता लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।